नदीले बगाएका बालक अझै भेटिएनन
तनहुँ | भदौ ३१, २०८१
तनहुँ: तनहुँमा मादीनदीले बगाएका एक बालक एक साता हुँदा पनि अझ फेला परेका छैनन् ।
प्रहरीले दिएको जानकारी अनुसार व्यास नगरपालिका–३ देउराली नगर निवासी १५ वर्षीय रोनाल्ड थापा गत सोमबारदेखि बेपत्ता भएका हुन् । उनी व्यास नगरपालिका–४ स्थित कन्काई बोडिङ स्कूलमा कक्षा १० मा अध्यनरत रहेको प्रहरीले जनाएको छ ।
घरबाट विद्यालय जान्छु भनि हिँडेका उनी विद्यालय नगई साथीभाइसँग नदीमा नुहाउन गएका थिए । बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएका थिए ।
सोमबार दिउँसो १ बजेको समयमा मादीनदीले एक बालक बगाएको भनि प्रहरीमा सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । घट्ना भएको दिनदेखि प्रहरीले आफ्नो क्षेत्रबाट खोजीलाई तीव्रता दिँदै आए पनि फेला पार्न उहाँले बताउनुभयो ।
ती बालकसँगै नदीमा नुहाउन गएका अन्य दुई बालकलाई प्रहरीले सोधपुछका नियन्त्रणमा लिएर छाडिसकेको छ । बालकका बुबा श्रीरामले भने छोराको नियोजित हत्या भएको बताउनुभयो ।
वृद्व पाँच दिनदेखि बेखबर
त्यसैगरी तनहुँको सदरमुकाम दमौली निवासी गोपाल लौडारी पाँच दिनदेखि बेखबर छन् । सम्पर्कविहीन हुँदा परिवारजन चिन्तित भएका छन् ।
व्यास–२ ट्राफिक चोक नजिक निवासी ७४ बर्षीय लौडारी बुधबार बिहान ७ बजेको समयमा मर्निङवाकमा निस्किनु भएको थियो । त्यसपछि घर नफर्किनु भएको परिवारले जनाएका छन् ।
आफन्त, इष्टमित्र नातागोतालगायतका स्थानमा खोजी गरेपनि भेटाउन नसकेपछि परिवारजन निराश भएका छन् । खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइए पनि कुनै पत्ता लाग्न नसकेको स्थानीय भरत पोख्रेलले जानकारी दिनुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

